१४ कार्तिक २०८३, शनिबार

कोइराला परिवारसँग भारतको घनिष्ट सम्बन्ध छ: स्वराज

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil Koirala_India_Shushma soraj

काठमाडौँ, २६ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेतृत्वको पाँच सदस्यीय भारतीय प्रतिनिधिमण्डलले नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गरेको छ ।

विदेशमन्त्री स्वराजका साथ आज साँझ भारतीय काँग्रेसबाट पूर्व विदेशमन्त्री आनन्द शर्मा, कम्युनिस्ट पार्टी माक्र्सवादीका महासचिव सीताराम येचुरी, जनता दल युनाइटेडका शरद यादव र राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोबलसहितको प्रतिनिधिमण्डल नेपाल आएको थियो ।

स्व कोइरालाको पार्थिव शरीरमा श्रद्धाञ्जलिपछि सञ्चारकर्मीसँग कुरा गर्दै विदेशमन्त्री स्वराजले कोइराला परिवारसँग भारतको धेरै घनिष्ठ सम्बन्ध रहेको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो, “कोइराला परिवारसँग भारतको केवल राजनीतिक सम्बन्धमात्र छैन, बरु धेरै घनिष्टताको सम्बन्ध छ । चाहे बिपी कोइराला हुन्, चाहे गिरिजाबाबु हुन्, चाहे सुशील हुन् ।”

सुशीलको भारतप्रति धेरै स्नेही सम्बन्ध रहेको चर्चा गर्दै विदेशमन्त्री स्वराजले आफूहरुले पहिले सुशील बिरामी हुनुहुन्थ्यो भन्ने खबर पाएको तर पछि उहाँ ठीक भएर स्वदेश फर्कनुभएको जानकारी पाएको बताउनुभयो । “हामीलाई अचानक यस्तो हुन्छ भन्ने कुनै शंका थिएन, आज अचानक जानकारी भएको यस्तो खबरले हामीलाई निकै अपसोच भएको छ” उहाँले भन्नुभयो ।

नेपालमा सुशीलको नेतृत्वको आवश्यकता रहेकाले उहाँ केही समय अरु रहेको भए धेरै राम्रो हुन्थ्यो भन्दै उहाँले भन्नुभयो, “नेपाली काँग्रेसको महाधिवेशन पनि हुनेवाला थियो । तर यसअघि नै उहाँ जनुभयो, हामी सबैको तर्फबाट उहाँलाई भावपूर्ण श्रद्धाञ्जलि छ ।” रासस