धादिङ, २६ माघ । आफूमाथि बलात्कार भएको मुद्दा दिई प्रहरी अनुसन्धानपछि अदालतमा गएर बलात्कार नभएको बयान दिने युवतीलाई धादिङ जिल्ला अदालतले ३ महिना कैद र २ हजार जरिवाना गरेको छ ।
आपसमा मायाप्रिति भई घरजम गर्ने सल्लाहबमोजिम लामो समयदेखि उठबस गर्दै आएका जोडी मध्य मार्पाक ६ निमारचोक बस्ने शान्ति थापाले गत मंसिर २८ गते बेलुका सल्यानकोट ९ बस्ने २१ वर्षीय संगम भन्ने विनोद लायो मगरले मलाई करणी गरेको भनी गत पुस ४ गते जिल्ला प्रहरीमा उजुरी दर्ता गरेकी थिइन ।
प्रहरीले आरोपी विनोदलाई ४ गते नै पक्राउ गरि अनुसन्धानपश्चात गत पुस २० गते पुपक्षका लागि लागि कारागार चलान गरेको थियो । बलात्कार मुद्दा दर्ता भएपनि केटा र केटी पक्षबीच आपसी सहमति भर्इ बलात्कार नभएको वयान दिई आरोपितलाई मुक्त गराउने र दुवैको विवाह गरिदिने सर्तमा शान्ति थापाले अदालतमा वयान फेरेकी थिइन ।
उक्त मुद्दाको सोमबार भएको फैसलाअनुसार जिल्ला न्यायाधीश ईश्वरराज अर्यालको इजलासले प्रतिवादी विनोदलाई सफाइ दिई जाहेरवाला शान्ति थापामगरले अदालतमा झुटा बकपत्र गरेको आरोपमा जाहेरवालालाई उल्टै तीन महिना कैद र २ हजार रुपैयाँको फैसला गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।















प्रतिक्रिया