१४ कार्तिक २०८३, शनिबार

कोइरालालाई पूर्वराजा ज्ञानेन्द्र शाहले पनि दिए श्रद्धाञ्जली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-ex-king

काठमाडौं, २६ माघ । पूर्वराज ज्ञानेन्द्र शाहले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनमा शोक व्यक्त गर्नुभएको छ ।

कोइरालाको निधनपछि कांग्रेस केन्द्रीय कार्यालयमा सानेपा शोक सन्देश पठाई पूर्वराजा ज्ञानेन्द्रले श्रद्धाञ्जली अपर्ण गर्नुभएको निर्वल निवासले जनाएको छ ।

ज्ञानेन्द्रका पूर्वमुख्य सचिव पशुपतिभक्त महर्जनले शोक सन्देशलाई सानेपा पुगाउनुभएको थियो ।

शोक सन्देशमा ज्ञानेन्द्रले कोइरालालाई श्रद्धाञ्जली अपर्ण गर्दै परिवार र देशप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ । उहाँले कोइरालाको निधनले देशलाई अपुरणनीय क्षति भएको समेत बताउनुभएको छ ।