
काठमाडौं, २६ माघ । भारतमा जारी १२ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गको पुरुष फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको समूह ‘बी’ अन्तर्गत मंगलबारको खेलमा भुटान र बंगलादेशले १–१ को बराबरी खेलेपछि नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो ।
समूहको पहिलो खेलमा नेपालले भुटानलाई ५–० ले हराएको थियो । समूहमा तीन अंकसहित नेपाल सेमिफाइनलसँगै अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समूहमा रहेका भुटान र बंगलादेशको एक–एक अंक छ ।
नेपालले बिहीबार बंगलादेशको सामना गर्नेछ ।















प्रतिक्रिया