१४ कार्तिक २०८३, शनिबार

काठमाडौंको देउताखोलामा बोराभित्र २५ वर्षीय युवकको शव भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

फाइल तस्वीर
फाइल तस्वीर

काठमाडौं, २६ माघ । काठमाडौंमा एक पुरुषको शव बोराभित्र फेला परेको छ ।

चन्द्रागिरी नगरपालिका–२४ देउताखोलामा डसनामा बेरेर बोराभित्र हालेको अवस्थामा हाल नाम, थर, वतन नखुलेका करीव २५ वर्षीय पुरुषको शव सोमबार फेला परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

शवको पहिचान गर्ने कार्य भइरहेको र मृत्यु कसरी भयो भन्नेबारेमा समेत अनुसन्धान भइरहेको छ ।

सिन्धुपाल्चोकमा बेवारिसे शव फेला
यसैगरी, सिन्धुपाल्चोक जिल्लाको नवलपुर–८ को भुतिया दहको खोल्साका किनारमा बेवारिसे अवस्थामा शव फेला परेको छ ।

करिब ४० वर्ष जतिको पुरुषको शरीरको मासु झरेर अस्थिपञ्जर मात्र बाँकी रहेको अवस्थामा आज स्थानीयवासीले दिएको सूचनाका आधारमा प्राप्त भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रल्हाद अधिकारीले बताउनुभयो ।

अधिकारीका अनुसार उक्त शवको साथमा नीलो रङ्गको ज्याकेट, नीलो रङ्गको पाइन्ट, हरियो ऊनीको मोजा फेला परेको थियो । कपडाका आधारमा पहिचान गर्न प्रहरी कार्यालयमा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।