१ कार्तिक २०८३, शनिबार

नेपाल फेरि हार्यो, पाकिस्तानसँग १२२ रनको हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-u-19

काठमाडौँ, २६ माघ । उन्नाइस वर्षमुनि (यु–१९) उमेर समूहको विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत पाँचौँ स्थानका लागि आज भएको पाकिस्तानविरुद्धको ‘प्ले अप म्याच’मा नेपाल पराजित भएको छ ।

बङ्गलादेशको फतुल्लाहस्थित खान साहेब ओस्मन अली रङ्गशालामा टस जितेर पहिले फिल्डिङ रोजेको नेपाल पाकिस्तानसँग १२२ रनले पराजित भएको हो । पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २५८ रन जोडेको थियो ।

जवाफी ब्याटिङमा उत्रेको नेपाल ४३.५ ओभरमा सबै विकेट गुमाउँदै १३६ रनमा समेटियो । पाकिस्तानका जितमा हसन मोहिनले शतकसहित ११७ रन जोडे भने सइफ मोहसिनले ८८ बनाए ।

त्यस्तै, नेपालका लागि भने प्रेम तामाङले सर्वाधिक ६५ रन जोडे । कप्तान राजु रिजालले १५, सन्दीप सुनुवार पाँच तथा योगेन्द्र सिंह कार्कीले चार रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अङ्क जोड्न सकेन ।

बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले तीन, आरिफ शेख र दीपेन्द्र ऐरीले समान दुई/दुई विकेट लिए भने सुशील कँडेलले एक विकेट लिए । यसअघि क्वाटर फाइनल खेलमा नेपाल आयोजक बंगलादेशसँग पराजित भएको थियो । रासस