१४ कार्तिक २०८३, शनिबार

नरहरी आचार्य सामान्य

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narahari_aacharyaकाठमाडौं, २६ माघ । सभापति सुशील कोइरालाको निधन पछि बेहोस भएका नेपाली काँग्रेसका नेता नरहरी आचार्य सामान्य अवस्थामा रहेका छन् ।

अचेत भएर बाँसवारीस्थित न्यूरो अस्पलातमा भर्ना भएका आचार्यको अवस्था सामान्य बन्दै गएको उपचारमा संलग्न डा. उपेन्द्र देवकोटाले बताए ।

डा. देवकोटाका अनुसार आचार्यलाई कुनै पनि प्रकारको मस्तिस्कघात सम्बन्धी लक्षण देखिएको छैन ।

नेता आचार्यको अवस्था सामान्य रहेको भन्दै उनका सहयोगी रामचन्द्र घिमिरिले आफन्त तथा सर्वसाधारणलाई गलत समाचारको भ्रममा नरहरन आग्रह गरेका छन् ।

नेता आचार्यको स्वास्थ्य स्थितिबारे थप स्पस्ट पार्न न्यूरो अस्पतालले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्ने भएको छ ।