काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई पार्टी कार्यालय सानेपाल लगिएको छ ।
अहिले केही समय अगाडि महाराजगञ्जस्थित निवासबाट कोइरालाको पार्थिव शरीरलाई सानेपास्थिति पार्टी कार्यालयमा लगिएको हो । कांग्रेसका अनुसार मध्यान्ह १२ बजेसम्म कोइरालाको पार्थिब शरीरलाई सानेपामा राखिनेछ ।
कोइरालालाई कांग्रेसका नेता तथा कार्यकर्ताको बीचबाट महाराजगञ्ज, टिचिङ, लैनचौर, दरबारमार्ग, त्रिपुरेश्वर, बल्खु हुँदै सानेपा पुगाइनेछ ।
त्यसपछि अन्तिम श्रद्धाञ्जलिका लागि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा राखिने बुझिएको छ ।
कोइरालाको अन्तिम दाहसंस्कार कहिले गर्ने भन्ने विषयमा अहिले केही समयपछि बस्ने केन्द्रीय कार्यसमिति बैठकले निर्णय गर्नेछ ।












प्रतिक्रिया