१४ कार्तिक २०८३, शनिबार

कोइरालाको निधनबाट प्रधानमन्त्री ओली मार्महत, सबै दलका नेताहरु दुःखी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oliकाठमाडौं, २६ माघ । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री सुशील कोइरालाको निधनबाट सिङ्गो मुलुकलाई क्षति पुगेको बताउनुभएको छ ।

कोइरालाको निधनको खबर थाहापाएपछि शोकबक्तव्य दिँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘उहाँको निधनले म अत्यन्तै स्तब्ध र मर्माहत भएको छु । मुलुकले एउटा होनहार प्रजातान्त्रिक योद्धा गुमाएको छ । यो दुःखद घडीमा उहाँका आफन्तजन, नेपाली कांग्रेस, शुभेच्छुकहरुमा समवेदना प्रकट गर्न चाहन्छु ।’

प्रधानमन्त्री ओलीले सभापति कोइरालाले नेपालको संविधान लेखनमा पुगाएको योगदानको चर्चा गर्दै अहिले उहाँको अभाव नेपाल राजनीतिमा खड्किरहने बताउनुभयो ।

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालले पनि कांग्रेस सभापति कोइरालाको निधनले आफू अत्यन्तै मर्माहत भएको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘मुलुकको पछिल्लो राजनीतिक विषयमा भरखरै मात्रै मैले उहाँसँग सरसल्लाह गरेको थिए । मधेस आन्दोलनलाई सम्बोधन गर्ने विषयमा कोइरालासँग परामर्श भएको थियो । उहाँले अत्यन्तै सकारात्मक कुरा गर्नुभएको थियो ।’

कांग्रेस उपसभापति रामचन्द्र पौडेलले सभपाति कोइरालाले देखाएको मार्गलाई आफूले सधै पच्छ्याइ रहने बताउँदै कोइरालाको निधनले आफू अन्त्यन्तै मर्माहत भएको बताउनुभएको छ ।

कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले पनि कोइरालाको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनुभएको छ । उहाँले कांग्रेसले उहाँको योगदानलाई कहिल्यै नभुल्ने बताउनुभयो ।