काठमाडौं, २६ माघ । नेपाली कांग्रेसका सभापति सुशील कोइरालाको पार्थिव शरीरलाई महाराजगञ्जस्थित निवासबाट पार्टी कार्यालय सानेपा लगिँदैछ ।
अहिले ८ बजे कोइरालाको पार्थिब शरीरलाई ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा लगेर राखिने कांग्रेसका महामन्त्री प्रकाशमान सिंहले जानकारी दिनुभयो ।
‘सभापति कोइरालाको पार्थिव शरीरलाई ८ बजे केन्द्रीय कार्यालय सानेपाल लैजान्छौँ’, उहाँले भन्नुभयो, ‘११ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । सोही बैठकले गर्ने निर्णयअनुसारका कार्य गरिनेछ ।’
सभापति कोइरालाको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलिका लागि कहाँ राख्ने भन्ने विषयमा पनि कांग्रेसले ११ बजे बस्ने बैठकबाट निर्णय गर्नेछ ।












प्रतिक्रिया