१ कार्तिक २०८३, शनिबार

कटेजमा श्रीमतीलाई अर्कैसँग भेट्टाएपछि…! (हेर्नुस् भिडियो)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

cottage 1

काठमाडौं । बिप्स मिडियाको निर्माणमा तयार भएको छोटो चलचित्र कटेज युट्युब मार्फत सार्बजनिक गरिएको छ ।

बिपिन शर्मा आचार्यको लगानिमा निर्माण भएको यो चलचित्र रेहान मियाले निर्देशन गरेका हुन् । बिप्स मिडियाको ब्यानरमा निर्मित यो दोश्रो चलचित्र हो । यस भन्दा अगाडि यो ब्यानरले प्लेब्वाई नामक छोटो चलचित्र निर्माण गरिसकेको छ ।

क्षणिक मस्ति र असुरक्षित यौन ब्यबहारले घरायसी माहौलमा पार्ने असर देखाउन खोजिएको सामाजिक सन्देशमुलक यो चलचित्रको रेहान मियाले लेखेका हुन् भने सम्पादन भेटि लफडाका निर्देशक किशोर चौधरीले गरेका हुन् ।

चलचित्रमा रामु आचार्य, समिक्षा अधिकारी, बिपिन शर्मा आचार्य, निरज कोइराला, मिना शिलवाल, अरुणा गौतमको अभिनय रहेको छ ।

चलचित्रको पटकथा तथा सम्बाद रामु आचार्यले तयार पारेका हुन् भने चलचित्रको छायांकन तथा ग्राफिक्स मनोज कुमार चौधरीले गरेका हुन् । बिप्स मिडियाको अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको यो चलचित्र कत्तिको खरो उत्रने हो यो भने भबिष्यले नै निर्धारण गर्नेछ ।

हेर्नुस् भिडियोः