१४ कार्तिक २०८३, शनिबार

सरकारको कूटनीतिक भूमिकामा कमी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narayanman-Bijukcheबुटवल, २५ माघ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले जनताको साथ पाए पनि सरकारले संवेदनशीलता देखाउन नसकेको बताउनुभएको छ ।

नेमकिपा रुपन्देहीले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उहाँले भारतले लगाएको नाकाबन्दी र मधेसी मोर्चाको आन्दोलनका कारण उत्पन्न समस्यालाई हल गर्ने विषयमा सरकारको कूटनीतिक भूमिका कमी भएको आरोप लगाउनुभयो ।

उहाँले सरकार र सरकारमा रहेका पार्टीले जिल्ला जिल्लामा गएर संविधानबारे प्रस्ट पार्न नसकेकाले संविधानको विपक्षमा धेरै कुरा उठेको पनि बताउनुभयो । रासस