
ओखलढुंगा, २५ माघ । महाधिवेशन प्रतिनिधीमा पराजित भएपछि पूर्व मन्त्री होमनाथ दाहाल आज भएको नेपाली काँग्रेसका जिल्ला अधिवेशनको मतदानमा अनुपस्थित हुनुभएको छ ।
क्षेत्रीय निर्वाचनमा पूर्व कृषि मन्त्री तथा तत्कालीन प्रजातान्त्रिक कांग्रेसका प्रवक्ता दाहाल महाधिवेशन प्रतिनिधीमा पराजित हुनुभएको थियो ।
देउवा पक्षमा रहुनुभएका पूर्व मन्त्री दाहाल मतदानमा अनुपस्थित हुनुभएको कांग्रेसका क्षेत्रीय प्रतिनिधी टेकबहादुर खड्काले जानकारी दिनुभयो । पराजित भएपछि दाहाल काठमाडौ हिड्नु भएको बताइएको छ ।
देउवा पक्षका साँसद रामहरि खतिवडा र सभापति प्रदिप सुनुवार नै पूर्व मन्त्री होमनाथ दाहाल र टे«ड युनियन कांग्रेसका केन्द्रिय अध्यक्षलाई हराउन लागेपछि दाहाल मतदानमा अनुपस्थित हुनुभएको बताइएको छ । आफ्नै गुटका नेताहरु हराउन लागेको देउवा पक्षका खतिवडा र सुनुवारमाथि अरोप लागेको छ ।
त्यस्तै आज भएको जिल्ला अधिवेशनमा संस्थापन र देउवाको छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लडेका छन् । संस्थापनले बालकृष्ण दाहाल र देउवा पक्षले वर्तमान सभापति प्रदिप सुनुवारलाई अगाडि सारेको छ । प्यानलै घोषणा गरेर निर्वाचन भएको कांग्रेस ओखलढुंगामा पहिलो पटक हो । चार जना पूर्व सभापतिले संस्थापनका उम्मेदवारलाई समर्थन गरेपछि देउवा पक्ष चर्को दवावमा परेको छ । अहिले साँझ साढे छ बजे मतदान सकिएको नेपाली कांग्रेसले जनाएको छ ।












प्रतिक्रिया