१४ कार्तिक २०८३, शनिबार

बर्दियामा सभापति पदमा चार उम्मेदवार मैदानमा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flag

– सुदीप अधिकारी
बर्दिया,२५ माघ । बर्दियामा पार्टी सभापतीका लागि ४ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

यस अघि संस्थापन र देउवा पक्षधर बिच मात्र प्रतिस्पर्धा हुने भनिएतापनि यतीखेर आएर दुबै गुट भित्रबाटै अरु पनि सभापतीको आकांक्षी देखिएपछि चुनावी माहोल निकै पेचिलो बनेको छ ।

पार्टी सभापतीका लागि सञ्जय गौतम, तेजबहादुर भाट, विद्याप्रसाद खनाल र जग्गाप्रसाद पाण्डे चुनावी प्रतिस्पर्धामा उत्रेका छन् । गौतम र भाट संस्थापन पक्षका हुन् । भने खनाल र पाण्डे देउवा पक्षधर हुन् ।

यसैगरी सचिबमा पनि तीन जना बिच प्रतिस्पर्धा भएको छ । संस्थापनका तर्फबाट मक्कुराम थारु र देउवा पक्षधरबाट मथुराप्रसाद चौधरी चुनावी मैदानमा छन् । भने अर्का एक जना मकर सिजापती पनि चुनावी मैदानमा उत्रेका छन् । कोषाध्यक्ष पदमा शान्ति अधिकारी र सरस्वती शाह भिडेका छन् ।