१४ कार्तिक २०८३, शनिबार

देशभर वर्षा, मङ्गलबारदेखि मौसममा सुधार आउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

barsa-1

काठमाडौँ, २५ माघ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसँगै देशभर वर्षा भएको छ ।

काठमाडौँ उपत्यकासहित देशभर गए रातिदेखि आज मध्याह्नसम्म हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरणअनुसार सबैभन्दा बढी डडेल्धुरामा २५ मिलिमिटर र ताप्लेजुङमा फाटफुट वर्षा भएको छ । राजधानी काठमाडौँमा तीन मिलिमिटर वर्षा भएको छ ।

मौसम बदली र वर्षासँगै उपत्यकामा बिहानीपख बढी चिसो महसुस भएको थियो । वर्षासँगै उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातसमेत भएको छ । पश्चिमी वायुको प्रभावले मौसम बदली भई देशभर वर्षा भएको र अहिले मौसममा क्रमिक सुधार आएको मौसमविद् सुजन सुवेदीले राससलाई जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – “पश्चिमी वायुको प्रभाव बढी मात्रामा पश्चिमी क्षेत्रमा परेको र अहिले उक्त क्षेत्रको मौसममा केही सुधार आएको छ । अहिले मध्य र पूर्वी भेगमा बदली छ । मध्यमा साँझ र पूर्वी भेगमा भोलि मङ्गलबारदेखि मौसम सुधार आउनेछ ।”

वर्षासँगै अब क्रमशः जाडो हट्ने मौसमविद्को भनाइ छ । आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ र अधिकतम तापक्रम २३.५ डिग्री सेल्सियस रहेको छ । रासस