१४ कार्तिक २०८३, शनिबार

मापसे गरेर बाबुले गरे आफ्नै ६ महिने छोराको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jhapa_nepal-map

झापा, २५ माघ । झापामा एक बाबुले आफ्नै नाबालक छोराको हत्या गरेका छन् ।

आफ्नै ६ महिनाको छोरालाई मारेको अभियोगमा बिर्तामोड नगरपालिका–२ राम चोक बस्ने २० बर्षीय देब दासलाई प्रहरीले सोमबार पक्राउ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

मादक पदार्थ सेवन गरेका दासले आइतबार ६ महिनाको छोरा सुरज दासलाई सिरक डसनाले पुरै छोपी दिएकोमा बच्चाको आमाले देखि हो-हल्ला गरी सिरक डसना फ्याँकी इलाका प्रहरी प्रहरी कार्यालय अनारमनीमा खबर गर्नासाथ खटिएको प्रहरी टोलीले बच्चालाई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड पठाएकोमा डाक्टरले मृत घोषणा गरेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।