१४ कार्तिक २०८३, शनिबार

पैसा नदिएको झोकमा काठमाडौंमा वृद्धको टाउको छिनाल्ने दुई जना पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

khukuri-attackकाठमाडौँ, २५ माघ । काठमाडौँ महानगरपालिका–६ भोलडाँडा बस्ने सिन्धुपाल्चोक हेलम्बु–५ स्थायी घर भएका ८५ बर्षीय निमा दोर्जे शेर्पाको हत्यामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौँ गोकर्ण बस्ने सोलुखुम्बु मुक्ली–९ घर भएका ३६ बर्षीय राम बहादुर भन्ने लाल बहादुर विक र सोलुखुम्बु कांगेल–३ घर भएका ४० बर्षीय अम्मर बहादुर विक रहेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आइतबार गोकर्णबाट पक्राउ गरेको हो ।

गत कातिक २७ गते निमा दोर्जे शेर्पाको शव उनकै तिन तले घरको प्यासेजमा टाउकाको पछाडी पट्टी धारिलो हतियार प्रहार गरी हत्या गरेको अवस्थामा फेला परेको थियो ।

गत बैशाख १२ गतेको भुकम्प पश्चात लाल बहादुर विकले मृतकको घरको बाहिरी भागमा ६ दिनसम्म रंग लगाउने काम गरेको र मृतकले उक्त काम मन नपरेका कारण विकलाई ८ सय रुपैया नदिएपछि घटना भएको दिन दुवै अभियुक्तहरुको बौद्ध तिनचुलीमा भेट भई शेर्पाको घरमा रंग लगाए बापतको पैसा माग्न गएको अवस्थामा भनाभन हुँदा शेर्पाले अम्मर विकलाई लडाई दिएपछि लाल बहादुर र शेर्पाबीच धकेला धकेल भई रहँदा अम्मर विकले घरमा रहेको खुकुरी झिकी निमाको टाउको र गर्धनमा पछाडीबाट प्रहार गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

टाउकोमा प्रहार गरी सकेपछि निमा दोर्जे शेर्पा भुईमा लडेको देखी दुवै जना मिलि दराज तथा सेफ खोली बहुमुल्य धनमाल खोजेको तर नभेटेपछि त्यहाँ रहेको अंदाजी २/ लाख पर्ने बुदचित्तको माला लुटी लगेको खुल्न आएको छ ।

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि महानगरीय प्रहरी बृत्त बौद्धमा पठाइएको छ ।