७ कार्तिक २०८३, शनिबार

नाकाबाट यसरी आउन थाले धमाधम मालसामान

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjungवीरगञ्ज, २५ माघ । नाकाको अबरोध हटेसँगै भारतबाट रक्सौल नाका हुँदै मालसामान वीरगन्ज आउने क्रम ह्वात्तै बढेको छ ।

मधेसी दलले असोज ७ गतेदेखि मितेरी पुलमा धर्ना दिएर ठप्प पारेको नाका एक सय ३५ दिनपछि शुक्रवारदेखि खुलेको अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

शुक्रवार दिँउसो भारतीय व्यापारी र स्थानीय बासिन्दाले मितेरी पुलमा आन्दोलनकारीको अबरोध हटाएर नाका खुलाएका थिए ।

नाका खुले लगत्तै शुक्रवार दिउँसोदेखि नै भारतबाट इन्धन र मालसामान बोकेका गाडी वीरगन्ज भित्रिने क्रम सुरु भएको हो ।

नाका खुलेपछिको तीन दिनको अवधिमा भारतबाट रक्सौल नाका हुँदै इन्धन र मालसामान बोकेका एक हजार ४ सय मालबाहक गाडी वीरगन्ज भित्रिएको जानकारी पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले दिए ।

उनका अनुसार शुक्रवार एकसय ५४, शनिवार ६ सय ५३ र आइतबार पाँच सय ९१ वटा मालबाहक गाडी वीरगन्ज भित्रिएका हुन् ।