७ कार्तिक २०८३, शनिबार

कोरिया जान चाहनेका लागि भदौमा परीक्षा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Koriyaकाठमाडौं, २५ माघ । सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने भाषा परीक्षा भदौमा गर्ने तयारी गरेको छ ।

आइतबार ईपीएस कोरिया शाखामा बसेको बैठकले सातौँ भाषा परीक्षाको मिति तय गरेको हो ।

‘सन् २०१६ मा लिइने भाषा परीक्षाको आबेदन अनलाइनमार्फत लिनेछौँ, ४ महिनाभित्र अनलाइनका लागि चाहिने सफ्टवेयर तयार पार्छौँ, शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले भने,‘ अनलाइन भएपछि फर्म भर्न काठमाडौं आइरहनु पर्दैन, घर वा साइबरबाटै भर्न सकिन्छ।’

उनका अनुसार शाखाले अनलाइनको सफ्टवेयरका लागि टेन्डर आह्वान गरिसकेको समाचार कारोबार दैनिकले छापेको छ ।

शाखाले नयाँ कामदार छनोट प्रक्रियाअन्तर्गत पीबीटी र कोरियाबाट फर्केका कामदारका लागि सीबीटी परीक्षा सञ्चालन गर्छ । तर नेपालीको कोटा भने निर्धारण गरिएको छैन ।