१४ कार्तिक २०८३, शनिबार

पेट्रोलियम कालोबजारी गर्ने दुई पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Petrol-pumpकाठमाडौँ, २४ माघ । पेट्रोलियम पदार्थको कालोबजारी गरिरहेका दुई जनालाई ठूलो परिणाममा डिजेल र पेट्रोलसहित प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

बूढानिलकण्ठ नगरपालिकाको साततल्ले भन्ने स्थानबाट दुई हजार ९५० लिटर डिजेल र १०० लिटर पेट्रोलसहित ओखलढुङ्गा जिल्ला कुन्तादेवी गाविस घर भई काठमाडौँ सरस्वतीनगर बस्ने प्रकाश सापकोटा र सोही जिल्लामा घर भई बूढानिलकण्ठ बस्दै आएका शङ्कर गिरीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको बताइएको छ ।

ठूलो परिणाममा डिजेल र पेट्रोल भण्डारण गरिराखी नेपाल सरकारले तोकेको दररेटभन्दा बढी मूल्यमा बिक्री गरिरहेको भन्ने सूचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको प्रहरीले जनाएको छ । रासस