उदयपुर, २४ माघ । नेपाली काँग्रेस उदयपुरको १३ औँ जिल्ला अधिवेशनअन्र्तगतको सोमबार हुने निर्वाचनमा सभापतिसहित सबै पदमा दोहोरो भिडन्त (प्रतिस्पर्धा) भन्ने चर्चा वाहिर आएपनि यो समाचार तयारपारुन्जेलसम्म एक पक्षले मात्र उम्मेदवारी घोषणा गरेको छ ।
आईतबार साँझ सदरमुकाम गाईघाटमा पत्रकार सम्मेलनको आयोजना गरी पार्टी केन्द्रिय संस्थापन समुहकोतर्फबाट पुराना नेता पुर्वसभापति बिदुर बस्नेतले सभापति पदसहित अन्य पदको उम्मेदावरी घोषणा गरेका हुन् ।
अधिवेशनको मैदानमा वर्तमान जिल्ला सभापति हिमाल कार्कीले पुनः उम्मेदवारी दिने चर्चा परिचर्चा भएपनि आफू उठने वा नउठने भन्ने बिषयमा अझै टुंगो लगाउन सकेका छैनन् ।
काँग्रेस स्रोतका अनुसार आफ्नो समुह कमजोर रहने अबश्थामा कार्कीले अर्कैको नाम प्रस्ताव गर्न सक्ने पनि काँग्रेस वृतमा चर्चा सुरु भएको छ । स्रोतका अनुसार कार्की समुहबाट पुर्वसभाषद प्रमिला राई र अकुर खड्काको नामपनि उत्तिकै चर्चामा छ । अघिल्लो अभिवेशनमा जिल्लाका हस्तिहरुको साथ पाएका कार्कीले यसपटक पुनः उनीहरुको साथसहयोग नपाएपछि समुहभित्र विचलन आएको स्रोत बताउँछ ।
अधिवेशनमा रक्षात्मक अवस्था वलियो बनाई निकै आक्रमक रुपमा प्रस्तुत भएको बिदुर बस्नेत पक्षले कार्की समुहका निकै ठुला हस्तीलाई आफ्नो समुहमा भित्र्याएको छ । काँग्रेस भित्र योजना बनाउन खप्पिस नेताको उपाधि पाएका वर्तमान सचिब मदनराज कटुवाल, ३ नम्बर क्षेत्रका क्षेत्रीय सभापति एवंम चर्चित युवा नेता रामकुमार राई, ३ नम्बर क्षेत्रका वर्तमान सभापति रामकुमार खत्री, लामो समय शिक्षा क्षेत्रमा राजनीतिक गरी वर्चश्व जमाएका बिर्खबहादुर तामाङ लगाएतका नेताहरु कार्की प्यानल छोडेर बस्नेत प्यानलमा खुलेपछि कार्की समूह अफ्टेरोमा परेको हो ।
त्यसो त काँग्रेस भित्र सुतेको बाघको उपाधि पाउने गरेका पुराना नेता मनोज बस्नेत र अहिलेका तीन वटै निर्वाचन क्षेत्रका क्षेत्रीय सभापति बिदुर बस्नेत पक्षमा खुल्नुले पनि बस्नेत पक्ष वलियो भएको आकंलन छ । यधपि कार्की समुहले पनि आफ्नो उपस्थिति राम्रै देखाउने चेतावनी दिँदै आएको छ । उक्त समुह प्यानल बनाउने कसरतमा रहेको बुझिएको छ ।
पत्रकार सम्मेलनमा बस्नेतले आफ्नो उम्मेदवारीसँगै प्यानलका अन्य पदका उम्मेदवारको नामावली सार्वजानिक गरेका छन् । बस्नेतको प्यानलबाट सचिब पदमा क्षेत्रनं ३ का चर्चित नेता पुर्व क्षेत्रीय सभापति रामकुमार राई र कोषाध्यक्षमा महेन्द्र चौधरीको उम्मेदवारी घोषणा गरिएको छ । सम्मेलनमा बस्नेतले पार्टी जिल्ला सङ्गठनलाई सुदृढ र सशक्त बनाउन आफूले प्यानलसहितको उम्मेदवार घोषणा गरेको बताए ।
उनले पछिल्लो समयमा पार्टीभित्रको आग्रहपुर्वाग्रही व्यवहारले पार्टी सबैको साझा थलो भन्दापनि क्लवको रुपमा परिणत भएकाले बताए । वर्तमान सभापति हिमाल कार्की प्रति लक्षित गर्दै उनले भने, ‘पार्टी सभापतिको गुटगत व्यवहारले काँग्रेस सबैको पार्टी नभई क्लव भयो, आसेपासेले मात्र जिम्वेवारी पाए त्यसैले अवसरलाई बाँडनपनि आफ्नो नेतृत्व आबश्यक ठानेको छु ।’
‘बिधानत पराजित भएकाहरुलाई जिम्वेवारी दिई काममा लगाउने प्रचलन थियो,’ बस्नेतले भने, ‘तर त्यसो नगरी पराजित साथीहरुलाई निशेध गरी आफुअनुकुल भर्ति गरियो ।’ उनले नयाँलाई अवसर र पुरानालाई सम्मानका साथ जिम्वेवारी दिनपनि यो टिम सक्षम रहने स्पष्ट पारे । बस्नेतले आम कार्यकर्ताको भावना अनुसार आफु सभापतिको उम्मेदवार भएको बताए ।
‘हाल जिम्वेवारी विहीन भएपनि पार्टीको पुर्वसभापतिको हैसियतमा सबै गाउँ, नगर, वडा, क्षेत्र घुमे,’ उनले भने, ‘जहाँ जाँदापनि पार्टी सकियो, मर्न लाग्यो, यसलाई जिवित राख्न र चलायमान बनाउन तपाईको खाँचो छ भन्ने आवाज आयो, त्यहीँ भावनालाई कदर गर्दै उम्मेदवारी दिएको छु ।’
पत्रकार सम्मेलनमा बोल्दै सचिबका उम्मेदवार रामकुमार राईले अबको सभापति विदुर बस्नेतको विकल्प नभएको बताए । उनले पार्टीलाई एक ढिक्का बनाई सबैको भावनालाई कदर गर्न सक्ने क्षमता वर्तमान सभापतिसँग नरहेकाले आफुले बस्नेतलाई सहयोग गरेको बताए ।
‘अघिल्लो पटक युवा नेताले केहि गर्छन भन्ने आशमा वर्तमान सभापतिलाई सहयोग गरे, राईले भने, ‘उनी त केवल गुटका नेता मात्र रहेछन्, आम कार्यकर्ताको भावना समेटन सकेनन्, त्यसैले अहिले बस्नेतलाई सहयोग गर्दैछु ।’ राईले आफ्नो क्षेत्रबाट कम्तिमा पनि दुई सय मत बस्नेत प्यानलमा खसाल्ने उद्घोष गरे ।
त्यसैगरी कोषाध्यक्ष महेन्द्र चौधरीले पार्टी सँगठनलाई सबै जातजातीको फुलवारी बनाउन बस्नेत नेतृत्व सक्षम हुने दावि गरे । पत्रकार सम्मेलनमा बोल्दै १ नम्बर निर्वाचन क्षेत्रीय कमिटीका सभापति भोजराज खतिवडा, २ नम्बरका बसन्त बस्नेत, ३ नम्बरका रामकुमार खत्रीले तीन वटै निर्वाचन क्षेत्रका आमकार्यकर्ताको माग पुर्वसभापति बिदुर बस्नेतको भएकाले क्षेत्रगतरुपमै उनलाई सहयोग हुने उदघोष गरे ।
उनीहरुले हाम्रो र राम्रो काँग्रेस बनाउन बिदुर बस्नेतको प्यानल यतिबेलाको आबश्यकता रहेको बताए । उनीहरुले पार्टीको जिल्लादेखि तल्लो तहसम्मका जनवर्गिय संगठनमा वर्तमान सभापतिले हस्तक्षेपकारी भुमिका गरी आफुअनुकुलका व्यक्तिलाई प्रोत्साहन गर्ने परम्पराले कार्यकर्तामा निरासा पैदा भएको बताए । उनीहरुले दक्षता, क्षमता, इतिहासको कदर र सम्मान नै नगरी आफुअनुकुलका व्यक्तिलाई भर्ति गर्ने परम्पराबाट दिक्दार भएको बताए ।
कार्यक्रमको सञ्चालन गर्दै वर्तमान सचिब मदनराज कटुवालले वर्तमान सभापतिको कार्यशैली ठिक नभएकाले आफुले निश्वार्थ ढंगले सभापतिका उम्मेदवार पुर्वसभापति बिदुर बस्नेतलाई सहयोग गर्ने उदघोष गरे । उनले जिल्लाभरका ५ हजार ६ सय कार्यकर्ताको भावना समेटन बस्नेतको उम्मेदवारी आबश्यक रहेको बताए ।












प्रतिक्रिया