१४ कार्तिक २०८३, शनिबार

काँग्रेस निर्वाचनः पूर्वमन्त्रीको लज्जित हार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congress Flag

तनहुँ, २४ माघ । नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा पूर्वराज्यमन्त्री एवम् नेपाली काँग्रेसका पूर्वकेन्द्रीय सदस्य अमरराज कैनी पराजित हुनुभएको छ ।

शुक्रबारदेखि दमौलीमा भएको महाधिवेशन निर्वाचनमा कैनी क्षेत्र नं २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । उहाँले १०४ मत प्राप्त गर्नुभएको थियो । त्यसैगरी, उहाँकी पत्नी डा प्रभा कैनी क्षेत्र नं १ बाट पराजित हुनुभयो । उहाँले १०५ मत प्राप्त गर्नुभएको थियो ।

क्षेत्र नं १ मा महिला तर्फबाट सहिद पत्नी बालकुमारी लोहनी र निवर्तमान क्षेत्रीय सचिव चिनु पोख्रेल विजयी भएका छन् । यसैगरी, क्षेत्र नं १ बाट महासमिति सदस्यमा गोविन्दराज जोशी, रघुनाथ पौडेल, रामचन्द्र अधिकारी, आनन्दराज त्रिपाठी र बालकुमारी लोहनी चयन हुनुभएको छ ।

त्यसैगरी, क्षेत्र नं २ बाट धु्रव वाग्ले, बैकुण्ठ न्यौपाने, झुलबहादुर आले, रामचन्द्र पोख्रेल र मिरा जोशी महासमिति सदस्यमा चयन हुनु भएको छ । क्षेत्र नं ३ बाट महासमिति सदस्यमा प्रा डा कृष्णप्रसाद गौतम, ताराराज राना, जितप्रकाश आले, पुष्प पराजुली र विष्णु मल्ल सर्वसम्मत चयन हुनुभएको छ । रासस