
तनहुँ, २४ माघ । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले पार्टीको १३औँ महाधिवेशनमा अब आफूले कसैका लागि उमेदवारी नछाड्ने बताउनुभएको छ ।
नेपाली काँग्रेस तनहुँको जिल्ला अधिवेशनको आइतबार दमौलीमा उद्घाटन गर्दै पौडेलले पार्टीभित्र आफूले सबैलाई छाडिसकेको बताउँदै यो पटकको महाधिवेशनमा सभापतिमा लडेरै छाड्ने उद्घोष गर्नुभयो ।
पौडेलले विगतमा वरिष्ठ नेता शेरबहादुर देउवा र सुशील कोइरालालाई पटक–पटक सहयोग गरेको भन्दै उनले यसपटक उहाँहरुले आफूलाई सभापतिमा सहयोग गर्नुपर्ने बताउनुभयो । नेपाली
नेपाली काँग्रेसभित्र गुटबन्दीको अन्त्यका लागि पनि आफूले सभापतिमा उम्मेदवारी दिने नेता पौडेलले बताउनुभयो । रासस












प्रतिक्रिया