काठमाडौं, २४ माघ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति अभियानको अन्तरिम केन्द्रीय परिषद् तेस्रोपटक विस्तार भएको छ ।
आज विस्तार भएको परिषदमा बाबुराकी पत्नी हिसिला यमी पनि अटाएकी छिन् । यसअघि दुईपटक केन्द्रीय परिषद् विस्तार भएपनि हिसिलालाई राखिएको थिएन् ।
तेस्रोपटक विस्तार हुँदा हिसिलासँगै एमाओवादी परित्याग गरेका नेताहरु परेका छन् ।
विस्तार भएसँगै नयाँ शक्तिको अन्तरिम केन्द्रीय परिषद् २४५ सदस्यीय पुगेको प्रवक्ता खिमलाल देवकोटाले जानकारी दिए ।












प्रतिक्रिया