१४ कार्तिक २०८३, शनिबार

थप एक नक्कली डाक्टर अस्पतालबाटै पक्राउ

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पक्राउ परेका डाक्टरहरु
पक्राउ परेका डाक्टरहरु

काठमाडौँ, २४ माघ । नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेका थप एक जना व्यक्तिलाई प्रहरीले आज अस्पतालबाटै पक्राउ गरेको छ ।

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले सरकारी अस्पतालका रुपमा रहेको सगरमाथा अञ्चल अस्पताल, राजविराजमा कार्यरत चिकित्सक राजेन्द्रप्रसाद दासलाई सो आरोपमा पक्राउ गरेको हो ।

दासले प्रमाणपत्र तह नै उत्तीर्ण नगरी प्रमाणपत्र तहको नक्कली प्रमाणपत्रका आधारमा एमबिबिएस अध्ययन गरेको भेटिएको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक दिवस लोहनीले जानकारी दिनुभयो ।

पक्राउ परेका व्यक्तिलाई सप्तरीबाट काठमाडौँ ल्याइँदै गरेको र त्यसपछि थप अनुसन्धान गरिने उहाँले जानकारी दिनुभयो ।

यसअघि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक भएका १२ जनालाई प्रहरीले पक्राउ गरी शनिबार सार्वजनिक गरेको थियो । रासस