चौतारा, २४ माघ । जुरे पहिरो र गोरखा भूकम्पबाट तहसनहस भएको २ दशमलब ६ मेगावाटको सिन्धुपाल्चोकको सुनकोसी जलविद्युत् आयोजनाबाट डेढ वर्षपछि विद्युत् उत्पादन सुरु भएको छ ।
नदीमा पानीको बहाब कम भएपछि हाल १ दशमलब १ देखि १ दशमलब २ मेगावाट क्षमतामा उत्पादन भई केन्द्रीय प्रसारण लाइनमा जोडिएको प्रबन्ध निर्देशक डा सुवर्णदास श्रेष्ठले जानकारी दिनुभयो ।
विसं २०७१ साउन १७ गते गएको जुरे पहिरोले सुनकोसी थुनिएपछि ३७ दिनसम्म विद्युत् गृह पूरै डुबेको सो आयोजनाको सबै भौतिक संरचना क्षति भएको थियो ।
त्यसैगरी २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछिको परकम्पबाट त्यति नै क्षति पु¥याई विद्युत् गृह पूरै निर्माण गरी सबै पाइप फेर्नुपर्दा रु २८ करोड क्षति ब्यहोर्नुपरेको थियो ।
सो आयोजनाले भारतीय नाकाबन्दीका कारण इन्धनको चरम सङ्कट भोग्नसमेत बाध्य भएको थियो । सो आयोजनालाई राज्यले विशेष सहयोग गरिदिए राहत पुग्ने डा श्रेष्ठले बताउनुभयो ।
त्यसैगरी डा श्रेष्ठकै लगानीमा इलाम जिल्लामा निर्माण भएको ७ मेगावाटको माई क्यास्केट जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन भइरहेको जानकारी दिनुभयो । रासस















प्रतिक्रिया