पर्वत, २४ माघ कुनै बेला मुलकै ठूलो दल बनेको एकीकृत नेकपा माओवादीमा यतिबेला पार्टी छाडेने क्रम बढेर गएको छ ।
केन्द्रमा बाबुराम भट्टराई, मोहन वैद्य, नेत्रविक्रम चन्द्र विप्लब लगायतले नेताहरु एमाओवादी परित्याग गरी नयाँ पार्टी विस्तारको क्रममा लागेपछि त्यसको असर जिल्ला जिल्लामा पनि देखिन थालेको हो ।
एमाओवादी परित्याग गर्ने केहि नेता तथा कार्यकर्ता नयाँ शक्ति निर्माणको अभियानमा छन भने केहि नेता कार्यकर्ता एमाले र कांग्रेस जस्ता राष्ट्रका ठूला दलहरुमा जान थालेका छन् ।
यसैबीच पर्वतमा पनि एमाओवादी पार्टी परित्याग गर्ने क्रम बढेर गएको छ । पछिल्लो समय एमाओवादीका राज्यकमिटी सदस्यको जिम्मेवारी समेत सम्हालेका कम्युनिष्ट नेता यामबहादुर विश्वकर्माले पार्टी परित्याग गरी स्वतन्त्र बामपन्थी बन्ने औपचारिक घोषणा गरेका छन् । विश्वकर्माले एक प्रेस विज्ञप्ति प्रकाशन गर्दै आफू नयाँ शक्तिमा पनि नजाने र एमाओवादीमा पनि नबस्ने घोषणा गरेका छन् ।
उता, पर्वत क्षेत्र न २ का एमाआवादी नेताहरु भने एमाआवादी परित्याग गर्दै एमाले पार्टीमा प्रवेश गरेका छन । एमाओवादीका जिल्ला सदस्य चण्डिप्रसाद भुर्तेल, डिलबहादुर गुरुङ, औमाया गुरुङ एमालेमा प्रवेश गरेका छन् । यसैगरी गाउँ कमिटी सदस्य मुक्ति प्रसाद न्यौपाने, विष्णुप्रसाद भुर्तेल र वाईसिएल हुवासका अध्यक्ष श्यामप्रसाद भुर्तेल लगाएतका सयौ कार्यकर्ताहरु एमालेमा प्रवेश गरेको एमाले पर्वतका जिल्ला सचिव पदमपाणी शर्माले जानकारी दिए ।












प्रतिक्रिया