३० आश्विन २०८३, शुक्रबार

भुटानविरुद्ध नवयुगको ह्याट्रिक, नेपालको शानदार जित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौं, २४ माघ । भारत जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबल खेलमा नेपालका नवयुग श्रेष्ठले भुटानविरुद्ध ह्याट्रिक गरेका छन् ।

उनको ह्याट्रिकको मद्दतमा नेपालले भुटानमाथि ५–० गोल अन्तरले शानदार जित हात पारेको छ । आजको जितसँगै नेपाल सेमिफाइनल नजिक पुगेको छ ।

खेलको ३३ औं मिनेटमा सुरुवाती गोल गरेका नवयुगले ७६ औं मिनेटमा दोस्रो गोल गरेका थिए । ८५ औं मिनेटमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे । नेपालका अन्जन बिष्टले ५१ औं मिनेट र ४४ औं मिनेटमा विशाल राईले समान एक/एक गोल गरेका थिए ।

नवयुगले यसअघि बंगलादेश सम्पन्न बंगबन्धुकप फुटबलमा माल्दिभ्सविरुद्ध ह्याट्रिक गरेका थिए ।

Mahila-Football

आजको जितले नेपालको यू–२३ टिम जितले तीन अंकसहित समूहको शीर्ष स्थानमा रहेको छ । अब मंगलबार समूहको अर्को खेलमा बंगलादेशले भुटानको सामना गर्नेछ । त्यसखेलको नतिजाले सेमिफाइनल समीकरण तयार पार्नेछ ।

नेपालले लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग बिहीबार खेल्नेछ र त्यस नतिजाले सम्भवतः समूह विजेताको निर्णय गर्नेछ । अफगानिस्तानले नाम फिर्ता लिएपछि समूह ‘बी’ मा तीन टिम मात्र छन् ।