३० आश्विन २०८३, शुक्रबार

१२औं सागः भारतमा नेपाली महिला फुटबल टिमको अर्काे जित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mahila-Football

काठमाडौं २४ माघ । भारतमा जारी दक्षिण एसियाली खेलकुद (साग)मा माल्दिभ्सलाई २–० गोलले हराउँदै नेपाली महिला फुटबल टिमले लगातार दोस्रो जित हात पारेको छ ।

नेपालका लागि कप्तान अनु लामाले ३६ औं मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् । ८९ औं मिनेटमा निरु थापाले गोल गर्दै नेपाललाई जिताइन् ।

यसअघि नेपालले पहिलो खेलमा बंगलादेशलाई ३–० ले हराएको थियो भने माल्दिभ्सले आयोजक भारतसग गोलरहित बराबरी खेलेको थियो ।

नेपालले अब श्रीलंकासँग र भारतसँग खेल्नुपर्नेछ ।