३० आश्विन २०८३, शुक्रबार

साग फुटबलः भुटानविरुद्ध नेपालको आक्रामक प्रदर्शन, चौथो गोलको अग्रता (अपडेट)

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Football

काठमाडौं २४ माघ । भारत जारी १२ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत फुटबल खेलमा नेपालले भुटानसँग खेलिरहेको छ ।

७६ औं मिनेटमा नवयुगले चौथो तथा व्यक्तिगत दोस्रो गोल गरेका छन् ।

ताजा अवस्थामा नेपालले भुटानविरुद्ध ४–० गोलको अग्रता लिएको छ ।

=====

अन्जन बिष्टले ५१ अाैं मिनेटमा गोल गरेका छन् ।

खेलमा नेपालले भुटानविरुद्ध ३-० अग्रता लिएको छ । पहिलो हाफ अर्थात ४५ मिनेटको खेल सकिँदा नेपालले २ गोल गरेको थियो ।

भुटानबाट गोलको प्रयास नेपाली स्ट्राइकरले विफल पारिदिएका छन् । नेपालका लागि पहिलो गोल ३३ औं मिनेटमा नवयुग श्रेष्ठले गरे भने दोस्रो गोल ४४ औं मिनेटमा विशाल राईले गरेका छन् ।

भर्खरै बंगलादेशमा सम्पन्न बंगबन्धुकपको उपाधि जितेको नेपाली टिम पूर्ण आत्मविश्वासका साथ मैदानमा खेलिरहेको छ । खेल जारी छ ।