काठमाडौं, २४ माघ । निलम्बित आईजीपी कोषराज वन्तसँगै भ्रष्टाचारको अभियोगमा सशस्त्र प्रहरी बलका पूर्व आइजीपी शैलेन्द्रकुमार श्रेष्ठ पनि अख्तियारको फन्दामा परेका छन् ।
श्रेष्ठमाथि छानविन गरिरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार श्रेष्ठसहित चार जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उनीहरुले नक्कली विल पेश गरेर रकम दुरुपयोग गरेको कुरा छानविनमा खुल्न आएकाले मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता कृष्णहरी पुस्कारले जानकारी दिए ।
आयोगले उनीहरुलाई बिगो स्वरुप करिव ८० लाख रुपैयाँ माग दाबी गरेको छ ।
यसअघि पदमै रहदा भ्रष्टाचार गरेको आरोपमा निलम्बनमा परेका आईजीपी कोषराज वन्तविरुद्ध पनि अख्तियारले ६ करोड रुपैयाँमा अनियमितता गरेको दोषी ठहर गरी मुद्दा दायर गरेको थियो ।












प्रतिक्रिया