
मुम्बई । चर्चित अभिनेता शाहरुख खान र आमिर खानलाई पछि पार्दै बलिउड महानायक अमिताभ बच्चन सामाजिक सञ्जालमा दोस्रो सुपरस्टार बनेका छन् ।
महानायक अमिताभ बच्चनको फेसबुकमा २.३ करोड फ्यानले लाइक गरेका छन् । यो लाइक बलिउडका कलाकारमध्ये सबैभन्दा दोस्रो नम्बरमा बढी हो । पहिलो नम्बरमा सुपरस्टार सलमान खान रहेका छन् । उनको फेसबुक पेजमा २ करोड ९४ लाख ३४ हजार ८६५ फ्यानले लाइक गरेका छन् ।
२ करोड ३० लाख ३२ हजार ४३९ लाइक पाउने अमिताभ शाहरुख र आमिरभन्दा अगाडि छन् । फेसबुकमा आफूलाई २ करोड ३० लाख फ्यानले मन पराएपछि अमिताभले ट्विटरबाट खुसी व्यक्त गरेका छन् । उनले लेखेका छन्– ‘पाँच फरवरीमा छोरा अभिषेकको जन्मदिनका दिन फेसबुकमा २.३ करोड फलोर्स पुगिसके ।’















प्रतिक्रिया