१४ कार्तिक २०८३, शनिबार

कैलाली जिल्ला अदालतमा एकघन्टे सेवा सुरु

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

court-orderधनगढी, २४ माघ । सेवाग्राहीलाई छिटो छरितो न्याय सेवा प्रदान गर्न कैलाली जिल्ला अदालतमा एकघन्टे सेवा सुरु गरिएको छ ।

सेवाग्राहीले जुनसुकै निवेदनको नक्कल माग गर्दा वा पेसी तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने, थमाउने, मिलापत्र, मुद्दा फिर्ता, वारेसनामा लगायत काम एक घन्टाभित्र प्रदान गर्ने गरी सो सेवा मिलाइएको अदालतका स्रेस्तेदार जगदीश भट्टले बताउनुभयो ।

यसैबीच कैलाली जिल्ला अदालतमा पहिलो पटक तीन न्यायाधीशले न्याय सम्पादन गर्न थाल्नुभएको छ । अदालतमा केही समयदेखि एक जिल्ला न्यायाधीश र दुई अतिरिक्त जिल्ला न्यायधीशले न्याय सम्पादन गरिरहनुभएको थियोे । यस अघिसम्म जिल्ला अदालतमा एक जिल्ला न्यायधीश र एक अतिरिक्त जिल्ला न्यायधीश कार्यरत हुनुहुन्थ्यो ।

बर्सेनि मुद्दाको चापलाई दृष्टिगत गरी न्याय परिषद्ले जिल्ला अदालत कैलालीमा न्यायाधीशको दरबन्दी बढाएर तीन जना पु¥याएको हो । सुदूरपश्चिमका जिल्ला अदालतमध्ये सबैभन्दा बढी कैलाली जिल्ला अदालतमा मुद्दाको चाप ठूलो रहने गरेको छ ।

एक वर्षभन्दा बढी कैद सजाय हुने प्रकृतिका मुद्दा जिल्ला प्रशासन र जिल्ला वन कार्यालय जस्ता अर्धन्यायिक निकायबाट सरेर जिल्ला अदालतमा जाने गरेकाले पनि अदालतमा मुद्दाको चाप बर्सेनि बढ्दै गएको बताइएको छ ।

गएको वर्ष मात्रै जिल्ला अदालतमा एक हजार ३४० मुद्दा परेकामा ९२८ मुद्दाको छिनोफानो गरिएको बताइएको छ । अदालतमा जबर्जस्ती करणी, अंशबन्डा, सम्बन्धबिच्छेद जस्ता मुद्दा बढी पर्ने गरेको स्रेस्तेदार भट्टले बताउनुभयो । रासस