
गौशाला, २४ माघ । महोत्तरी जिल्लाको रामगोपालपुरमा विद्यालयको छतबाट लड्दा आज एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रामगोपालपुर बजारमा अवस्थित महोत्तरी ग्लोरी बोडिङ स्कुलको कक्षा १ मा अध्ययनरत १० वर्षीय समीक्षा चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
जिल्लाको हतिसर्वा गाविसका शम्भु चौधरीकी छोरी समीक्षा दुई वर्षदेखि सो विद्यालयको छात्रावासमा रही अध्ययनरत रहेकामा शनिबार साँझ विद्यालयको दोस्रो तलाबाट लडेर उपचार हुँदा हुँदै मृत्यु भएको प्रहरी उपरीक्षक जनक भट्टराईले बताउनुभयो । रासस












प्रतिक्रिया