रामपुर (पाल्पा), २४ माघ । रिङ्गनेरह–५ रोडेनको जङ्गलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
रिङ्गनेरह–८ अर्खलडाँडा बस्ने ५१ वर्षीय तोयानाथ पङ्गेनी गएराति जङ्गलमा मृत फेला परेका हुन् ।
मृतक पङ्गेनी शुक्रबार गाउँमा पूजामा जान हिँडेको र घर नफर्किएपछि आफन्त, छिमेकीले खोजी गर्ने क्रममा शरीर अङ्गभङ्ग भएको अवस्थामा फेला परेको मृतकका दाजु प्रेम पङ्गेनीले जानकारी दिनुभयो ।
ताहुँ प्रहरी चौकीले घटनाको अवलोकन गरेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, पाल्पाको टोली खटिएको बताइएको छ । रासस












प्रतिक्रिया