१ कार्तिक २०८३, आइतबार

गोकुलम् रिसोर्टमा मोसु नेपालको बनभोज

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mosu

– खगेन्द्र कार्की
इटहरी, २४ माघ । मोरङसुनसरी सेवा समाज नेपालले एक कार्यक्रमबीच भव्य र सभ्य बनभोजको आयोजना गरेको छ ।

शनिबारका दिन सुन्दरदुलारीस्थित गोकुलम् रिसोर्टमा आयोजना गरिएको सो बनभोज कार्यक्रमलाई संस्थाका अध्यक्ष बद्रीप्रसाद बिमलीले अध्यक्षता गरेका थिए भने रामेछापबाट आएका स्थानीय वडा नागरिक मञ्च संयोजक सुरेन्द्र कार्की (वैशाख १२ को भुकम्पबाट क्षतविक्षत भएको रामेछाप मन्थलीमा मोसुले खाद्य सामग्री राहत वितरण गर्दा स्थानीय स्तबाट उच्च योगदान दिने व्यक्ति)को विशेष आतिथ्यता रहेको थियो ।

संस्थाका सल्लाहकार संयोजक तथा पूर्व अध्यक्ष गोकुलबहादुर थापा, पूर्व अध्यक्ष मिलन खत्री, रोजगार बचत तथा ऋण सहकारी संस्थाका सचिव प्रकाश खत्री, सिन्धुलीका योगेन्द्र थापा, मोरङ समाज काठमाडौंका उपाध्यक्ष कृष्ण मुरारी कोइराला, मोरङ समाज काठमाडौंका कुमार कोइराला, जिविस मोरङका प्राविधिक खड्ग बस्नेतलगायतको आतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।

संस्थाका कोषाध्यक्ष विवेक भट्टराईले स्वागत मन्तव्य राखेको सो कार्यक्रममा सम्पूर्ण सदस्यहरुबीच परिचय गराइएको थियो । संस्थाका सचिव खगेन्द्र कार्कीले सञ्चालन गरेको सो कार्यक्रममा संस्थालाई विभिन्न कोणबाट सहयोग प्रदान गर्ने सहयोगीहरु सुरेन्द्र कार्की, मोसु कतार सहसचिव तेज बहादुर कटुवाल तथा मोसु नेपालका पूर्व अध्यक्ष मिलन खत्रीलाई सम्मानपत्र तथा टोकन अफ लभले सम्मान गरिएको थियो । मोरङमा सुदुर पूर्व, पहाडी भेगदेखि सुनसरीको पश्चिमी भेग सम्मका दर्जनौं मोसु सदस्यहरुको जमघटको थलो बनेको बनभोज कार्यक्रममा बोल्दै रामछापबाट आएका पहुना तथा कार्यक्रमका विशेष अतिथि कार्कीले भुकम्प पीडितलाई मोरङसुनसरी सेवा समाजले राहत बाँड्न मन्थली पुग्नु नै आफ्नो लागि पूर्वी नेपाल हेर्ने सुनौलो अवसर आएको बताए । सो अवसरले असल मित्र पाउने अवसर मिलेको र सोही अवसरलाई सार्थक बनाउने काम आजको मोसुको बनभोजले गरेको उल्लेख गरे ।

यहि बनभोजको माध्यमबाट यस ठाउँमा टेक्ने, घुम्ने, डुल्ने र चिन्ने अवसर मिलेको उल्लेख गर्दै मोरङ र सुनसरी, त्यसमा पनि इटहरीलाई पूर्णरुपबाट जानकारी लिने अवसर प्राप्त भएको बताए । उनले मोसुको बनभोजले रामेछाप र मोरङसुनसरीबीचको सामिप्यता बढाउँदै व्यापारिक कारोबार समेत बढाउने उल्लेख गरे । बोल्ने क्रममा मोसु नेपालका सल्लाहकार संयोजक थापाले मोसुको बनभोज कार्यक्रमलाई शोभा बढाउन रामेछापदेखि आएका पाहुनाहरुलाई हृदयदेखि नै धन्यवाद दिँदै मोसु मानवीय कार्यमा सदैव लागि रहने हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका थिए । वैशाख १२ को भुकम्पबाट ग्रस्त रामेछापको मन्थली बजारमा मोसुले खाद्य सामग्री राहत बाडेको थियो ।

थापाले त्यही राहतबाट जोडिएको सम्बन्धलाई आजको बनभोजमा रामेछापको उपस्थितिले अझ मजबुत बनाएको अनुभव बताए । भर्खरै इटहरीमा भएको आगलागीबाट संस्था र समग्र मोसु परिवार दुखित भएको उल्लेख गर्दै आगलागी आफै नहुने र दैवि विपत्तिमा आगलागी नपर्ने भएकोले यसबाट सुरक्षित रहन हामी सचेत हुनुपर्ने बताए ।

बनभोज कार्यक्रममा विभिन्न परिकारको साथमा मनोरञ्जनात्मक सांगीतिक कार्यक्रमसँगै विविध खाले खेलकुदहरुको आयोजना गर्दै प्रथम र द्वितीय हुनेहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

कार्यक्रमको समापनमा संस्थाका अध्यक्ष तथा कार्यक्रमका सभाध्यक्ष बद्रीप्रसाद बिमलीले टाढा टाढादेखि मोसुको बनभोजमा उपस्थित भई संस्थाको गरिमा बढाउँदै कार्यक्रममा हौसला थप्न उपस्थित सम्पूर्ण मोसु अग्रज तथा परिवारलाई हार्दिक धन्यवादसहित मोसु सदैव साथमा रहेको हुँदा मोसुलाई सदैव साथ र सहयोग गर्न अनुरोध समेत गरेका थिए ।

उनले मोसु सबैको ढुकढुकी भईसकेकोले मानविय सेवाका निम्ति हरेक ठाउँबाट मोसुले गर्ने सहयोगका लागि सदैव तयार रहेको समेत उल्लेख गर्दै कार्यक्रम समापन भएको घोषणा गरेका थिए ।