१४ कार्तिक २०८३, शनिबार

अछाममा एकाविहानै बस दुर्घटना, साहुको समेत ज्यान लियो

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

aacham-map

– बिष्णुप्रसाद भण्डारी
अछाम, २४ माघ । अछाममा एकाबिहानै बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

डडेल्धुरा रैखोला घर भई हाल धनगढी बस्दै आएका ३६ बर्षीय मेघप्रसाद देउवाको दुर्घटनामा परि मृत्यु भएको अछाम प्रहरीले जानकारी दिएको छ ।

सुदूरपश्चिम यातायात ब्यवसायी संघको ना ४ ख १४०३ नम्बरको बस बसपार्क नजिकै पल्टिदा बसका मालिक समेत रहेका देउवा गम्भीर घाईते हुनुभएको थियो । घाईते देउवालाई उपचारका लागि जिल्ला अस्पताल अछाममा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी सहायक निरीक्षक (असई) जनक कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार बस आज दिउसो १ बजे अछाम सदरमुकाम मंगलसेनबाट टिकापुरका लागि छुट्ने पालोे थियो ।

बस सडकबाट करिब १०/१५ मिटर तल खसेको अछाम प्रहरीले जनाएको छ । टिकापुर जानका लागि बस काउन्टरमा ल्याएर बस पार्किङ् गरी राख्नका लागि ब्याग गर्ने बेला बस दुर्घटनाग्रस्त भएको हो ।