१४ कार्तिक २०८३, शनिबार

महतोलाई कारबाही गर्न उपेन्द्रका प्रेस सहयोगीको माग, गद्दार घोषित

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajendra Mahato & Upendra Yadavकाठमाडौं, २४ माघ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका प्रेस सहयोगी महेश चौरसियाले सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महताले मधेसी मोर्चाको आन्दोलन तुहाउन सफल भएको आरोप लगाएका छन् । महतोले फेरि पनि धोका दिएर मधेसलाई असफल बनाएको उनले आरोप लगाए ।

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष यादवका प्रेस सहयोगी महेश चौरसियाले सामाजिक सञ्जाल फेसबुकमार्फत सद्भावना पार्टीका अध्यक्ष महतालेलाई विवादास्पद नेताको संज्ञा पनि दिएका छन् । उनले महतोलाई गद्दारको संज्ञा पनि दिएका छन् ।

‘पहाडे विरोधी, स्टन्टबाज र विवादास्पद नेता राजेन्द्र महतोले तत्काललाई मधेस आन्दोलन तुहाउन सफल भए’, सन्देशमा उनले भनेका छन्, ‘महतोले मधेसलाई फेरि धोका दिए । किनकि, महतो मधेसका लागि होइन, पूर्वराजा ज्ञानेन्द्र र केपी ओलीका लागि सक्रिय थिए, छन् । योभन्दा बढी महतोसँग अपेक्षा गर्न हुन्न ।’

maheshसन्देशमा भनिएको छ, ‘पूर्वराजा ज्ञानेन्द्र, केपी ओली र कमल थापासँग मिलेर राजतन्त्र फर्काउने खेलमा लागेर मधेस आन्दोलन तुहाउने गद्दार राजेन्द्र महतोलाई आज दिउँसो बस्ने मोर्चाको बैठकले कारबाही गरेर तत्काल टीमबाट अलग गरोस् । आजीवन मन्त्री हुँदा अकुत सम्पत्ति कुम्ल्याएका महतो जस्ता मधेस विरोधी गद्दार नेताहरु अख्तियारको कारबाहीमा परेर जेल जानबाट जोगिनका लागि शक्ति केन्द्रहरुको गोटी बनेको यथार्थ जनताले बुझिसकेका छन् । पूर्वराजावादी बद्रीप्रसाद मण्डल अहिले सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष छन् । नियत र उद्देष्य बुझ्न यो तथ्य काफी छ । गद्दारको संगतले युद्ध जितिदैँन, यो यथार्थ उपेन्द्र यादव र महन्थ ठाकुरले पनि राम्ररी बुझेको हुनु पर्छ । मधेसीलगायत उत्पीडित जनतालाई अधिकार दिलाउन यादव र ठाकुर पर्याप्त छन्, उहाँहरुले आन्दोलनको विगुल फुके हुन्छ । तर, मोर्चा र मधेसलाई अब महतो जस्ता प्रतिघाति नेताको साथ चाहिँदैन ।’

मधेसी मोर्चाको बैठक बस्न नसकिरहेका बेला उपेन्द्र यादवका प्रेस सहयोगीको यो अभिव्यक्तिले चर्चा पाएको छ ।