१ कार्तिक २०८३, शनिबार

शास्त्रीय मिठासमा भित्रिएको ‘पल्लवी’ले मन छोला ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

12665672_1061115087273920_1673947817_nकाठमाडौं । नृपध्वज खड्काको रचना र सन्तोष श्रेष्ठको संगीतमा रहेको गीतिसंग्रह ‘पल्लवी’ बजारमा आएको छ । सांगीतिक बजारमा लोकसंगीत र आधुनिक सुगम संगीतको बाहुल्यता भएको बेला पूर्ण शास्त्रीय संगीतमा आधारित गीतहरुलाई पल्लवीमा समेटिएको छ ।

गीतकार नृपध्वज खड्काको आफ्नो एकल रचनामा रहेको यो तेस्रो एल्वम हो । अघिल्ला २ एल्वमभन्दा हरेक हिसावले पल्लवी उत्कृष्ट रहेको जानकारी गराएका छन् । उनले आफ्नो पल्लवी संगीत प्रधान एल्वम रहेको बताएका छन् ।

संगीतकार सन्तोष श्रेष्ठले पल्लवीमा आफूले चाहेकै जस्तै संगीत गरिदिएको बताए । उनले सम्पूर्ण एल्वममा संलग्न व्यक्तिहरुमा आभार प्रकट गरेका छन् ।

संगीतकार सन्तोष श्रेष्ठले एकल संगीतमा पल्लवी १६ औँ एल्वम हो । अघिल्लाभन्दा हरेक हिसावले विविधता भएको र उत्कृष्ट एल्वम तयार भएको उनले जानकारी गराए ।

पल्लवी धेरै समयपछि नेपाली संगीतमा शास्त्रीय गायनको पुनरागमन भएको साथै ‘कोपिलामा सुन हुन्छ…’बोलको गीत भारतीय गायिका सञ्जीवनीको आवाजमा रेकर्ड भएपछि यति सुन्दर गीत जुन गीतमा पूर्ण शास्त्रीय संगीतले सजिएको छ । यस्तो गीत नेपालबाट पहिलो पटक गाउन पाएकी छु र अत्यन्तै हर्षित पनि छु भनि जानकारी गराएको कुरा पनि लोकार्पण समारोहमा जानकारी गराइयो ।

पल्लवी एल्वममा जम्मा ७ वटा गीतहरु रहेका छन् तर महिला र पुरुष आवाजमा गरेर १० वटा बनाइएको छ । गीत लेखन र प्रयोगका हिसावले अत्यन्तै नवीन शैलीका रहेका छन् ।

सुन्दा सरल र बुझ्दा गहन खालका गीतहरु रहेका छन् । धेरैजसो गीतहरु सन्देशमूलक, सकारात्मक, आशावादी, दर्शन अनि जीवनका विभिन्न आयामसँग जोडीएका छन् । एउटा गीतमा राष्ट्रिय भाव पोखिएको पाईन्छ । संगीतका हिसावले केहि फरक शैली जहाँ लोकसंगीतलाई शास्त्रीय संगीतसँग मिसाएर संगीतबद्ध गरेको पाइन्छ ।

नृपध्वज खड्काको एकल रचना र सन्तोष श्रेष्ठको एकल संगीत रहेको पल्लवी एल्वम भित्र विष्णु अधिकारी, मनोहर सुनाम, चाँद सिंह, उदयराज पौडेल र सुदीप सागरको संगीत संयोजन रहेको छ । बरै ढल्यो चौतारीको…अन्जु पन्त, कोपिलामा सुन हुन्छ…सञ्जीवनी र विश्व नेपाली, बिर्सनाको पानाभित्र…शिव परियार, यो खुल्ला आकाश…मनोजराज र रीमा गुरुङ्, पहराको साइनो मेरो…रीता के.सी., धन कमाइ ल्याउला…अन्जु पन्तले स्वराङ्कन गरेका छन् । भोला पौडेल र विनय अधिकारीको रेकर्डिङ् र मिक्सिङ् रहेको छ भने प्रदीप उपाध्यायको मास्टरिङ रहेको छ ।