२४ कार्तिक २०८३, मंगलबार

देउवा समूह उत्साहित, कोइराला समूह मौन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Congressकाठमाडौं, २४ माघ । कांग्रेसको १३औँ महाधिवेशनअन्तर्गतग अधिकांश क्षेत्रहरुको मत परिणामको नतिजा आउँदै गर्दा वरिष्ठ नेता शेरबहादुर देउवा समूह उत्साहित देखिएको छ ।

हालसम्म नतिजा आएको स्थानमा क्षेत्रीय सभापति र महाधिवेशन प्रतिनिधिमा आफ्नो समूहको जोडदार उपस्थिति र जित भएको देउवा समूहले मूल्यांकन गरेको छ ।

देउवा समूहका नेता तथा कांग्रेस केन्द्रीय सदस्य विमलेन्द्र निधीले महाधिवेशनमा आफूहरुको गुटको राम्रो स्थिति बनेको बताएका छन् ।

नेपालवाणी रेडियो नेटवर्कमा आज बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै निधीले भने, ‘शेरबहादुर देउवाको स्थिति पहिलाको भन्दा धेरै सुदृढ भएको छ । उहाँले राम्रो पकड बनाउनु भएको छ ।’

आगामी पार्टी सभापतिका लागि नेता देउवाले औपचारिक रुपमा आफ्नो उम्मेदवारी घोषणा नगरेको बताएका नेता निधीले भने, ‘देउवाजीले औपचारिक रुपमा सभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छैन । तर उहाँले उम्मेदवारी दिनुहुन्छ ।’

नेता निधीले सभापति सुशील कोइराला एक पटकका लागि सभापति बनेको स्मरण गराउँदै १३ औँ महाधिवेशनमा उम्मेदवारी नदिनेमा आफू विश्वस्त रहेको बताए । ‘सुशील जी नउठे कै राम्रो । उहाँ सभापति र प्रधानमन्त्री बनिसक्नु भएको छ । अब पार्टी देउवालाई छाडि दिनुपर्छ ।’

सभापति कोइरालाले १३ औँ महाधिवेशनमा पनि उम्मेदवारी दिने मनस्थिति बनाएका छन् । सार्वजनिक रुपमा केही नबोलेका कोइरालालाई उम्मेदवारी दिन आफ्नै गुटका नेताहरुले दबाव दिइरहेका छन् । हाल आएको नजिताअनुसार कोइराला पहिलाको भन्दा कमजोर देखिएका छन् ।