काठमाडौं, २४ माघ । पतिसँग सम्बन्धविच्छेद गरेपछि हसुनपुर ४, भोजपुरकी १९ वर्षीया मनीषा राई भविष्य सुनिश्चित गर्न कतार वा दुवईमध्ये कुनै एक देशमा जान चाहन्थिन् । वेदेशिक राजगार कम्पनीको चक्कर लगाउँदै गर्दा उनी मानव तस्करी गर्ने गिरोहको फन्दामा परिन् ।
काठमाडौंको मिराकल म्यानपावर कम्पनीका एजेन्ट बमबहादुर गुरुङले मनीषालाई सित्तै विदेश पठाइदिने प्रस्ताव गरे तर दुबर्इ, कतार होइन, कुर्दिस्तान ।
नागरिक दैनिक अगाडि लेख्छ, सुरुमा इन्कार गरे पनि सबै खर्च एजेन्टलेनै बेहोरिदिने, पासपार्ट बनाइदिने र दुई वर्षमा ११ लाख कमाइ हुने बताएपछि उनी राजी भइन् ।
गत असोज १३ गने कुर्दिस्तान जान दिल्ली उडेकी मनीषा अहिले इराकमा अलपत्र परेको उनको परिवारले जनाएको छ । एजेन्टले उनलाई पाँच लाख रुपैयाँमा बेचेको उनीहरुको भनार्इ छ ।
छोरी इराकमा अलपत्र परेको सुनेपछि आमा तारा र बुबा जयकुमार चिन्तित छन् । छोरीलार्इ उद्धार गरिदिन भन्दै उनीहरु अधिकारबादी संस्था गुहार्न धरान आइपुगेका छन् ।















प्रतिक्रिया