१४ कार्तिक २०८३, शनिबार

उपराष्ट्रपति पुन अस्पताल भर्ना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Pasangकाठमाडौँ, २३ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन स्वास्थ्यमा समस्या देखिएपछि नेपाली सेनाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना हुनुभएको छ ।

सिन्धुलीको एक कार्यक्रममा सहभागी हुन आज त्यसतर्फ जानुभएका उपराष्ट्रपति पुनलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

एक्कासि मुटुको चाल बढेर अप्ठ्यारो भएपछि सेनाको हेलिकप्टरमा राखेर उपराष्ट्रपति पुनलाई राजधानी ल्याइएको हो । कार्यक्रमको उद्घाटन गरिरहनुभएका बेला मुटुमा समस्या देखिएपछि कामज्वरोसमेत आएको उपराष्ट्रपति पुनका छोरा दिपेश पुनले राससलाई जानकारी दिनुभयो ।

अहिले उहाँको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचार जारी राखिएको बताइएको छ । चिकित्सकले उहाँलाई आराम गर्न सुझाव दिएका छन् । रासस