३० आश्विन २०८३, शुक्रबार

१२औं सागः भारतमा नेपाली चेलीले जितिन पहिलो पदक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

devi-Chaudhary1000x0

काठमाडौं, २३ माघ । शुक्रबारदेखि भारतमा सुरु भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपाली चेलीले पहिलो पदक जितेकी छिन् ।

भारोत्तोलन खेलाडी देवीकुमारी चौधरीले शनिबार भएको प्रतिस्पर्धामा नेपाललाई पहिलो पदक दिलाएकी हुन् । उनले ५३ केजी प्रतिस्पर्धामा कास्यपदक जितिन् । यसपालीको सागमा उनी पदक जित्ने पहिलो नेपाली पनि बनिन् ।

३१ बर्षीय उनले स्न्याचमा ५४ केजी र क्लिन एन्ड जर्कमा ७५ गरी कुल १ सय २९ केजी उचालिन् । पाँच खेलाडी सहभागी यस खेलमा उनले पाकिस्तान र बंगलादेशीलाई उछिनेकी हुन् ।

यसमा भारतले स्वर्ण र श्रीलंकाले रजत पदक जिते । नेपालका तर्फबाट सागमा महिला भारोत्तोलन यसैवर्षबाट समावेश गरिएको हो ।