१४ कार्तिक २०८३, शनिबार

दैलेखमा संस्थापन पक्षको पकड

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sushil-koiralaदैलेख, २३ माघ । नेपाली काँग्रेसको १३ औं राष्ट्रिय महाधिवेशनका लागि दैलेखका २ क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरुमा संस्थापन (कोइराला)पक्षको पकड देखिएको छ ।

क्षेत्रीय सभापति समेत कुल २४ महाधिवेशन प्रतिनिधिहरु मध्ये प्रजातान्त्रिक समूहका ६ जनाले मात्र जित्नुभएको छ । दैलेख क्षेत्र नं. १ बाट प्रजातान्त्रिक समूहका खेमराज केसी, जगतजंग थापा, क्षेत्र नं. २ बाट हिमबहादुर शाही, आग्ने सार्की, सीता राना र क्षेत्र नं. २ का सभापति घनश्याम भण्डारीले मात्र जित्नुभएको छ ।

संस्थापन पक्षधर कर्णबहादुर शाही, कृष्णकुमार बीसी, गणेशबहादुर खड्का, मणिराम रेग्मी, बासना थापा, मोहनमाया प्याकुरेल, हिक्मतबहादुर बिक, लक्ष्मण गुरुङ्ग, गणेशबहादुर बोगटी र क्षेत्र नं. १ का क्षेत्रीय सभापति गणेशप्रसाद उपाध्यायले निर्वाचित हुनुभएको छ ।

त्यसैगरी संस्थापन पक्षका दिक्पालबहादुर शाही, भूपेन्द्रबहादुर महत, भूपेन्द्रबहादुर शाही, मधुरबिक्रम खनाल, रंगबहादुर शाही, रीताकुमारी शाही, सुमित्रा शाह र गणेशबहादुर माझीले क्षेत्र नं. २ बाट निर्वा्चित महाधिवेशन प्रतिनिधि पदमा जित्नुभएको हो ।