१ कार्तिक २०८३, शनिबार

कांग्रेसमा गगन थापालाई ठूलो धक्का !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gagan-Thapa-400काठमाडौं, २३ माघ । चर्चित युवा नेता गगनकुमार थापालाई आफ्नै निर्वाचन क्षेत्रबाट ठूलो झट्का लागेको छ ।

२०८८ सालमा राजनीतिबाट सन्यास लिने घोषणा गरेका थापालाई कांग्रेसमा भने यही महाधिवेशनमा अप्ठेरो अबस्था सिर्जना हुने देखिएको छ । नेता थापाको प्यानल आफ्नै क्षेत्रमा क्षेत्रीयस्तरको निर्वाचनमा पराजित भएको छ । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ को शुक्रबार सम्पन्न चुनावमा थापाको प्यानल नै पराजित भएको हो ।

थापा प्यानललाई पराजित गर्दै कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा पक्षका राजु श्रेष्ठ क्षेत्रीय सभापतिमा निर्वाचित भएका छन् । गगन थापाका उम्मेदवार न्हुच्छेनारायण श्रेष्ठलाई राजु श्रेष्ठले भारी मतले हराएका छन् । आफ्नो उम्मेदवारलाई जिताउन गगन थापाले थुप्रै प्रयास गरेका थिए । देउवा निकट श्रेष्टले गगनको विपक्षमा प्यानल बनाएर चुनावमा उठेका थिए ।

पछिल्लो महाधिवेशनमा केन्द्रीय सदस्यमा एक नम्बरमा मत पाएका कांग्रेसमा प्रभावशाली मानिने थापाले यो पटक भने प्यानलसहित लज्जास्पद हार व्यहोरेको भन्दै अनेक टिकाटिप्पणी भइरहेको छ । संस्थापननिकटकै विनोदबाबु श्रेष्ठ समेत उमेद्वार भएपछि काठमाडौं ४ को काँग्रेस राजनीतिको समिकरण परिवर्तन भएको स्थानिय काँग्रेस कार्यकर्ताहरुको भनाइ छ।

गगनको आफ्नै दाबी

देउवा पक्षले सम्पूर्ण प्यानल नै आफ्नो आएको बताए पनि गगन थापा पक्षले अध्यक्ष बाहेक अन्य सबै आफू निकट निर्वाचित भएको दाबी गरेको छ ।  महाधिवेशन प्रतिनिधि निर्वाचित भएका १३ जनामध्ये चिरिन्जीवी निधि तिवारी, शैलेश सिटौला, साधुराम खड्का, सुशील नाहाटा, विमल भित्रकोटी, अनार बस्नेत, लाक्पा लामा, कर्माछिरिङ शेर्पा, नरोत्तम बैद्य र जानुकाघिमिरे आफ्नो पक्षीय भएको थापा समूहको दाबी छ । उनीहरुका अनुसार, क्षेत्रिय सभापति राजु श्रेष्ठ र आत्माराम पौडेलमात्रै देउवा पक्षका हुन्।