२४ कार्तिक २०८३, मंगलबार

वीरगञ्ज नाका फेरि बन्द गर्न खोज्नेलाई भारतीय व्यापारीले गरे कडा प्रतिकार

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Birjung

वीरगञ्ज, २३ माघ । पाँच महिनापछि शुक्रबारबाट सूचारु भएको वीरगञ्ज–रक्सौल नाका फेरि बन्द गर्न खोज्नेलाई भारतीय व्यापारीले कडा प्रतिकार गरेका छन् ।

आन्दोलनमा नाममा मधेसी मोर्चाले पाँच महिनादेखि बन्द गराउँदै आएको वीरगञ्ज नाका शुक्रबार भारतीय व्यापारी र स्थानीयको प्रतिकारपछि खुलेको थियो ।

नाका खुलेपछि आज विहान वीरगञ्जमा बसेको मोर्चाको बारा र पर्सा जिल्लाको संयुक्त बैठकले केन्द्रको निर्णय नआएसम्म नाका फेरि बन्द गराउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नाका बन्द गराउन हिडेका मोर्चाका कार्यकर्तालाई भारतीय व्यापारीले कडा प्रतिकार लखेटेका छन् । प्रतिकार गरेपछि नाकाबाट सहज रुपमा आवत जावत भइरहेको छ ।

नाकामा सशस्त्र प्रहरीको बाक्लो उपस्थिती छ भने भारतीय भूभागमा भने रक्सौलका स्थानीय व्यापारी मोर्चा कार्यकर्तालाई रोक्न बसेका छन् । मोर्चाका कार्यकर्ता र भारतीय व्यापारीबीच केहीबेर झडप समेत भएको थियो । त्यसपछि मोर्चाका कार्यकर्ता हारेर फर्किए ।