१४ कार्तिक २०८३, शनिबार

भूकम्प पीडितको घर बनाउन युवा संघले १ लाख युवा परिचालन गर्छः पहारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Rajib-Pahari-3

भक्तपुर, २३ माघ । युवा संघ नेपालका अध्यक्ष राजीव पहारीले भूकम्प पीडितको आवास निर्माणका लागि युवा परिचालन गरिने बताएका छन् ।

भक्तपुरस्थित युवा संघ नेपाल चागुनारायण नगरपालिकाको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष पहारीले पुनर्निर्माण प्राधिकरणमार्फत सरकारको ७ लाख घर निर्माण अभियानमा युवा संघले एक लाख युवा परिचालन गर्ने बताए । उनले भने– सरकारको अभियानमा हाम्रो पूर्ण सहयोग रहन्छ ।

उनले भूकम्पबाट क्षतविक्षत भएका विश्व सम्पदा सूचीमा रहेका सम्पदाहरुको संरक्षणमा युवाहरु लाग्नुपर्नेमा जोड दिए । युवा संघको जागरण अभियानले मधेस आन्दोलनका नाममा विध्वंश मच्चाउने मधेसवादी दलहरु ‘ब्याक’ भएको दाबी गर्दै उनले युवा संघको भुमिकाको प्रंशसा गर्नेलाई धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा युवा संघका महासचिव किरण पौडेल, सचिव परशुराम बस्नेत, उपत्यकाका अध्यक्ष दिपक थापा, कार्यालय विभागका सदस्य सञ्जीव रोका लगायतले मन्तव्य राखेका थिए ।

अधिवेशनले रवि थापाको अध्यक्षतामा २३ सदस्यीय नगर कमिटी निर्वाचित गरेको छ ।