१४ कार्तिक २०८३, शनिबार

रोजगारीका लागि जापान पुगेका कँंडेललाई रेलले किच्यो, शव क्षत विक्षत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

japan-image

टोकियो (जापान), २३ माघ । रोजगारीका लागि जापान आएका बागलुङ गल्कोट– ९ काँडेवासका २१ वर्षीय ओमकार कंँडेलको यहाँ मृत्यु भएको छ ।

पारिवारिक भिसामा १९ महिनाअघि जापान आएका कंँडेलको टोकियोबाट १३ किलोमिटरको दुरीमा रहेको ओओमोरी खाइदान भन्ने स्थानमा भएको रेल दुर्घटनामा मृत्यु भएको हो ।

टोकियोको कामातामा बुबा,आमा र भाइसँगैं बस्दै आएका कँडेल केही दिन अघिदेखि घरपरिवार तथा आफन्तको सम्पर्क बाहिर रहेको मृतकका बाबु टोपलालले बताउनुभयो ।

बिहीबार दिउँसो २ बजे ओओमोरी खाइदान स्टेसनमा गुडिरहेको तीव्रगतिको रेलको ठक्करबाट शव क्षत विक्षत भएका कारण पहिचान गर्न समय लागेको टोकियो महानगरका प्रहरीले जानकारी दिएका छन् ।

टोकियो प्रहरीले ढिलो गरी शुक्रबार अपरान्न नेपाली राजदूतावासलाई जानकारी गराएको थियो । घटनापछि कंँडेल परिवार शोकाकुल भएको छ भने जापानवासी नेपाली चिन्तित भएका छन् ।

मृतक कंँडेलको शव अहिले पनि प्रहरी नियन्त्रणमा रहेको र सोमबार मेगुरोस्थित स्थानीय दाहसंस्कार केन्द्रमा अन्त्येष्टि गरिने परिवारजनले बताएको छ । रासस