१ कार्तिक २०८३, आइतबार

म्याग्दीमा अठारवटा झोलुङ्गे पुल निर्माण सुरु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jholunge-pulबाबियाचौर (म्याग्दी), २३ माघ । पहाडी जिल्ला म्याग्दीमा यसवर्ष करिब रु पाँच करोडको लागतमा १८ वटा झोलङ्गे पुल निर्माण सुरु भएको छ ।

जिल्ला विकास समिति, गाविस कार्यालय, विकेन्द्रित ग्रामीण पूर्वाधार निर्माण तथा जीविकोपार्जन सुधार कार्यक्रम (ड्रिलीप) को आर्थिक टिबीएसयु र मिलन म्याग्दीको प्राविधिक तथा समुदायको श्रमदानमा निर्माण हुनलागेका झोलुङ्गे पुलबाट सात हजारभन्दा बढी घरधुरीका करिब पचास हजार जनसङ्ख्या लाभान्वित हुने जनाइएको छ ।

रु पाँच करोड ४४ लाख ४९ हजार ३८८ को लागतमा यसै आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको झोलुङ्गे पुलबाट बेनी नगरपालिकाको तीनवटा वडा र बीस गाविसका बासिन्दा लाभान्वित हुने जिल्ला इन्जिनियर ओमबहादुर केसीले जानकारी दिनुभयो ।

‘उहाँका अनुसार पुल निर्माण भएपछि सात हजार २८१ घरधुरीका ४८ हजार ७३८ जनसङ्ख्या लाभान्वित हुनेछन् । ’

गत जेठ १० गतेराति राम्चे– ९ काफल डाँडाको पहाड खस्दा पुरिएको बैसरीमा कालीगण्डकी नदीमाथि रु ४० लाख ३२ हजार ९१० को लागतमा निर्माण हुनलागेको १२० मिटर लामो पुलबाहेक अन्य १७ वटाका लागि ड्रिलीप परियोजनाले रु तीन करोड ९९ लाख ९२ हजार ६३६ को सहयोग गरेको छ ।

उपभोक्ता समिति मार्फत आयोजना निर्माण हुनलागेको हो । जिल्ला प्राविधिक कार्यालयका सव इन्जिनियर बालकृष्ण पौडेलकाअनुसार कुइनेमङ्गलेको लेतेखोला, लुलाङको चित्रफेदी, मुदी र मुनाको सिमानामा म्याग्दीखोला, दग्नाम र दर्जीजाको सिमानामा जागाखोला र रुम– ४ मा खहरेखोला झोलुङ्गे पुल निर्माण सुरु भएको छ ।

यसैगरी बरङ्जाखोला, बेगखोलाको लिस्नेखोला, बेनपा– १ आनन्दबगर र माझफाट दुई पर्वत जोड्ने आनन्दबगर, शिख– ९ र घार– ९ मा घारखोला, भुरुङ तातोपानी– ८ र घार– ९ मा ठूलोबगर र गुर्जामा घुर्मखोलामा झोलुङ्गे पुल निर्माण कार्य सुरु भएको छ ।

दाना– ९ र नारच्याङ – ७ मा गुइँठेखोला, निस्कोट– ३ र देवीस्थान– ९ मा बतासेसाँघु, अर्मन– ६ र ५ मा मुहानेखोला, मराङ– ५ मा मराङवेसी, बेनपा– १३ र बरङजा– २ मा जल्केनी र तातोपानीमा पनि झोलङ्गे पुल निर्माण भइरहेको छ ।

म्याग्दीमा यसवर्ष निर्माण हुनलागेका सबै झोलङ्गे पुलको लम्बाई एक हजार ३२९ मिटर रहेको छ । रासस