२४ कार्तिक २०८३, मंगलबार

घुस खाने डीएसपीलाई कारवाही हुन्छः आईजीपी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Upendra-kanta-aryalचितवन, २३ माघ । प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले केही प्रहरीले सङ्गठनलाई बदनामी गराएको भन्दै एक, दुई जनाका कारण सङ्गठनलाई त्यो रुपमा नहेर्न आग्रह गर्नुभएको छ । घुस खाने प्रहरीलाई कारवाही गरेरै छाड्ने उहाँले दाबी गर्नुभयो ।

जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुरमा आज आयोजित चौँथो वृहत रक्तदान तथा नवनिर्मित प्रहरी परिवार आवास गृहको उद्घाटन गर्दै उहाँले चितवन, काठमाडौं र ललितपुरमा प्रहरीका निरीक्षक र प्रहरी नायब उपरीक्षकबाट भएका क्रियाकलापप्रति दुःख व्यक्त गर्नुभयो ।

तालिम केन्द्रले सङ्गठनमा असल प्रहरी उत्पादन गर्ने भन्दै उहाँले यस खालका क्रियाकलाप न्यूनीकरण गर्ने तर्फ सङ्गठन लागिपर्ने बताउनुभयो । उहाँले प्रहरीलाई ज्ञान र सीपसँगै व्यवहार र विचारमा पनि परिवर्तन गराउन आवश्यक छ भन्नुभयो ।

सो अवसरमा अतिरिक्त प्रहरी महानिरीक्षक विज्ञानराज शर्माले निजी क्षेत्र र प्रहरीको साझेदारी बिना समाजमा हुने अपराध नियन्त्रण गर्न नसकिने भन्दै त्यसका लागि प्रहरीलाई सधै जनताको साथ चाहिने बताउनुभयो ।

यसअघि महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता डीएसपी दयानिधी ज्ञवाली ३ लाख घुससहित रंगेहात अख्तियारको फन्दामा परेका थिए ।